logo

नायक रितेश चाम्स देखिए हलिउड भिडियो क्लिप्समा (भिडियो सहित)

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
हलिउडमा नेपाली कलाकारको सम्भावना ? यो प्रश्न सम्भवत धेरैको मन मस्तिष्कमा चलेको प्रश्न हो | पछिल्लो समय विदेशको धेरै ठाउँमा नेपाली चलचित्रको छायांकन भईरहेको अवस्थाले यस प्रश्नको केहि हद सम्मको उत्तर दिएको देखिन्छ तर मात्र सम्भावनाको हिसाबमा | तर उक्त सम्भावनालाई बढाउने काम गरेको छ रितेश चाम्सको अभिनयले | हो दर्शकबिन केहि दिन अगाडी मात्र दर्पण मिडियाको अफिसियल युटुब च्यानलबाट एउटा भिडियो रिलिज भएको छ |

उक्त भिडियो हलिउड फर्मेटको क्लिप्स हो जसमा नेपाली कलाकार तथा नायक रितेश चाम्स एक अग्रज हलिउड थिएटर कलाकार संग अभिनय गरेको देख्न सकिन्छ | हो दर्शकबिन नेपाली कलाकार रितेश चाम्सको अभिनय उक्त भिडियोमा हेर्न सकिन्छ | उनको उक्त भिडियो क्लिप्स रिलिज भए संगै अहिले धेरैतिर उनको बारेमा कुराकानी चल्न थालेको छ | किन भने उनले नेपालको प्रतिनिधित्व गरेको प्रष्ट देख्न सकिन्छ | अंग्रेजी भर्सनमा नै रहेको उक्त भिडियो निकै आकर्षक रहेको छ |

हुन त रितेश चाम्स बिगत लामो समय देखि बेलायतमा नै बसोबास गर्दै आईरहेका छन् | यस्तै अहिले उनले बेलायतमा नै अवस्थित पाईनवुड हलिउड इन्सिच्युटमा अभिनय संगै अरु थुप्रै कुराको ज्ञान लिइरहेका छन् | उनले आधा दर्जन नेपाली चलचित्रमा काम पनि गरिसकेका छन् | नेपाली दर्शकहरुले उनको कामको मुल्यांकन पनि गरिरहेको पाईएको छ | अहिले उनि आफ्नो नया चलचित्रको तयारीमा ब्यस्त रहेका छन् | हुन त उनले अहिले नै त्यसको बारेमा कुनै खुलासा गरेका छैनन् | तर फिल्म केहि फरक हुने कुरा उनले जानकारी दिएका छन् |

बालकलाकार देखि अभिनय यात्रा सुरु गरेका रितेश चाम्सले अभिनय क्षेत्रलाई नै आफ्नो गन्तव्य बनाएर अगाडी बढिरहेका छन् | उनको कोशिशले यति बेला नेपाली कलाकारको हलिउड यात्रामा सम्भावना देखाएको छ | यो उनको प्रयास नेपाली चलचित्र क्षेत्रको लागि नै राम्रो उदहारण साबित भएको देखिन्छ | हेर्नुस भिडियो :

२२ मंसिर २०७५, शनिबार १६:५७ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »