logo

‘न्यु एयर म्युजिकल नाइट’ बचत रकम समाजसेवामा

संबाददाता

Loading…

कोपनहेगन, ३० डिसेम्बर । 

अङ्ग्रेजी नया बर्ष २०१९ को अवसरमा कोपनहेगनमा २७ डिसेम्वरका दिन भएको  ‘न्यु एयर म्युजिकल नाइट’ कार्यक्रमबाट बचत भएको रकम समाजसेवाका लागि प्रदान गरिने भएको छ । 

‘एमएमएस इभेन्ट डेनमार्क’ को आयोजनामा भएको कार्यक्रमबाट सबै खर्च कटाएर बाकि रहेको रकम सुस्तमनस्थिति भएका गुल्मी जिल्लाका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने भएको हो । 

कार्यक्रमबाट जम्मा बचत भएको ६५० डेनिस क्रोनर तथा अन्य शुबेच्छुकबाट प्राप्त गरेर जम्मा १ हजार ५ सय ५२ क्रोनर सुस्तमनस्थिति भएका बालबालिकाको लागि प्रदान गरिने ‘एमएमएस इभेन्ट डेनमार्क’ का महेन्द्र खड्काले बताए । 

इन्द्र सापकोटाले ३५० क्रोनर, उदयराज गौतमले २०० क्रोनर, नविन दोजुले १५० क्रोनर, श्याम सुवेदीले १०१ क्रोनर र लक्ष्मीप्रसाद पाण्डेले १०१ क्रोनर प्रदान गर्ने फेसबुक मार्फत प्रतिबद्धता जनाएका छन् । 

प्राप्त भएको सबै रकम गुल्मी जिल्लाका सुस्तमनस्थिति भएका बालबालिकाको प्रोजेक्टमा खर्चको लागि पठाइने ‘एमएमएस इभेन्ट डेनमार्क’ का अर्का सदस्य सोबित जिसीले जानकारी दिए ।

चर्चित पप गायक धिरज राई, चर्चित लोक गायिका सुनिता दुलाल र चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको बिशेष उपस्थितिमा ‘एमएमएस इभेन्ट डेनमार्क ‘न्यु एयर म्युजिकल नाइट’ कार्यक्रम गरेको थियो । कार्यक्रमबाट दर्शकहरुले भरपुर मनोरन्जन लिए ।

सो कार्यक्रमबाट बचत भएको र अन्य सहयोगीको रकम हो । कार्यक्रममा स्थानिय कलाकार नविना पौडेलको नृत्य तथा नेपाली पन्चेबाजा प्रस्तित गरिएको थियो । आगामि दिनमा पनि मनोरन्जनसङ्गै समाज सेवामा पनि केहि योगदान पुर्याउने गरी यस्ता कार्यक्रम गरिने आयोजक ‘एमएमएस इभेन्ट डेनमार्कका महेशकुमार खातीले बताए । 

एनआरएन डेनमार्कका अध्यक्ष यमलाल सुवेदीले मन्तब्य राखेको कार्यक्रममा स्वागत महेन्द्र खड्काले र सन्चालन हरि न्यौपानेले गरेका थिए । 

१६ पुष २०७५, सोमबार ०५:१२ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »