logo

२ मिनेट २३ सेकेन्डको यो हलिउड क्लिपले के बदलिन्छ त रितेश चाम्सको भविष्य ? (भिडियो सहित)

संबाददाता

Loading…

ईनेपालखबर डटकम :
हलिउड कलाकार रेचल र नेपाली कलाकार तथा नायक रितेश चाम्सको अभिनय रहेको एक हलिउड क्लिप केहि दिन अगाडी मात्र सार्वजनिक भएको छ । हेर्दा कुनै हलिउड फिल्मको सिन भन्दा कम लाग्दैन उक्त भिडियो । दर्पण मिडियाको अफिसियल च्यानलबाट उक्त भिडियो बजारमा रिलिज गरिएको हो । २ मिनेट २३ सेकेन्डको उक्त भिडियोमा रेचल र रितेशको संवाद रहेको छ । संवाद अंग्रेजी भाषामा रहेको छ ।

तर उक्त भिडियोको वातावरण हेर्दा नायक रितेश चाम्स कुनै युद्धमा घाइते भएको अवस्था देखिन्छ भने उनलाई मलमपट्टी गर्ने काम रेचलले गरेकी छिन् । हुन त नायक रितेश चाम्सको नया ठुलो प्रोजेक्टको काम भईरहेको छ । यस भिडियोले कतै उक्त चलचित्रको एक अंश हो कि भन्ने संकेत पनि गर्दछ । तर त्यो निर्माण पक्षलाई नै थाहा होला । यस बिषयमा रितेश चाम्सले पनि कुनै जानकारी दिएका छैनन् । तर जे होस यो भिडियोले नेपाली कलाकारको हलिउडमा प्रवेशको राम्रो संकेत भने दिएको छ ।

प्राप्त जानकारी अनुसार यो बेलायतबाट तयार गरिएको भिडियो हो । बेलायतमा अवस्थित पाईन वुड हलिउड इन्सिच्युटले यो भिडियो तयार गरिएको हो । धेरैलाई थाहा नहुन सक्छ यस इन्सिच्युटमा हलिउडको धेरै चलचित्रको छायांकन भईसकेको छ । यो कुराले धेरै सम्भावनाको ढोका खोल्छ । नायक रितेश चाम्स बिगत लामो समय देखि बेलायतमा बसेर नेपाली चलचित्र क्षेत्रमा आबद्ध भईरहेका छन् । उनले धेरै नेपाली चलचित्रमा काम पनि गरिसकेका छन् ।

उनको अभिनयको बेला बखतमा राम्रो चर्चा पनि हुने गरेको छ । उनलाई नेपाली चलचित्रमा सम्भावना बोकेको कलाकारको नजरले हेर्न थालिएको छ । अब आगामी दिन उनको कदम कसरी यो क्षेत्रमा चल्छ त्यो भने समयले नै बताउने छ । हेर्नुस भिडियो :

२० पुष २०७५, शुक्रबार १०:१६ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »