logo

दक्षिण कोरियामा पहिलो पटक नेपाली व्दारा सँचालित स्टार रेमिटको सेवा सुरु हुँदै

संबाददाता

Loading…

सिओल– दक्षिण कोरियामा रहेका विदेशी कामदारले कमाएको रकम पठाउन नेपाली कै लगानीमा पहिलोपटक स्टार रेमिटले आफेनो सेवा आउने आइतबारबाट औपचारिक रुपमा सुरुवात गर्दै छ ।

दक्षिण कोरिया रहि लामोसमयदेखि व्यवसाय गर्दै आएका लक्ष्मण बोगटी र रुद्र शर्माले रेमिटेयान्सको कारोबार सुरु गर्न लागेका हुन् । रेमिट कम्पनीहरुलाई कारोबार अनुमति खुला गरेको एक वर्षपछि नेपाली लगानीकर्ताले स्थापना  गरेको एकमात्र रेमिट कम्पनी स्टार रेमिट हो ।
यसअघि कोरियाली लगानीकर्ताहरुले सञ्चालनमा ल्याएका रेसिट्यान्स कम्पनीले मात्रै कारोबार गर्दै आएका थिए। जनवरी १३ गते आइतबारदेखि औपचारीक रुपमा सञ्चालनमा आउने रेमिट्यान्स कम्पनी ‘स्टार रेमिट’ नेपालीमार्फत सञ्चालित पहिलो रेमिट कम्पनी हो।

कम्पनीले कोरियाबाट नेपाल लगायत १७ देशमा आफ्नो सेवा एकैसाथ सञ्चालनमा ल्याउने सँचालक लक्ष्मण बोगटीले बताए ।
रेमिटले नेपालमा इशारा रेमिट, सेवा रेमिट र कुमारी बैंकसँग सहकार्य गर्ने जनाइएको छ ।

नेपालीहरुकै लगानीलाई प्रोत्साहन गर्नका लागि ‘स्टार रेमिट’को उपयोग गर्न कोरियामा रहेका नेपालीलाई सँचालक व्दय बोगटी र शर्माले आग्रह समेत गरेका छन्।

कोरियामा बैंकहरुको एकाधिकारलाई तोड्दै गतवर्ष देखि कोरियन सरकारले रेमिट कम्पनीलाई पनि कारोबारको अनुमति दिएको थियो । अनुमती पाएपछि धमाधम रेमिट कम्पनीहरु खोल्ने होडबाजी चलेको छ ।


दक्षिण कोरियामा जिएमई, हानपास, जी मोनी, एसबिआई कोषमनि, इनाइन पे लगायत रेमिट कम्पनीहरुले आफ्नो सेवा दिइरहेका छन्।
नेपाली कै लगानीमा सँचालनमा आएको स्टार रेमिटले अन्य रेमिट कम्पनीले भन्दा पनि सहज,छिटो,छरितो र शुलभ दरमा रेमिटेयान्स सेवा दिने सँचालकहरुले बताएका छन् ।

२३ पुष २०७५, सोमबार १३:३६ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »