logo

रवि लामिछानेलाइ सिध्याउने चाल र सामजिक सञ्जाल

संबाददाता

Loading…

सज्जन कुमार सिँह
हामी दुधले नुहाएका कोहि पनि छैनौ । किनकी जीवन जिउने क्रममा सानातिना गल्ति हामी सबैबाट हुन्छन् । तर अरुका सानातिना गल्तिलाइ पहाड बनाउने र आफुलाइ पानी माथीको ओभानो बनाउने चेस्टा कसैले  नगरे हुन्छ  ।
घटना क्रम र बाध्यताका विच हामीले नचाहदा नचाहदै पनि केहि घटना वा दुर्घटना हुन्छन् त्यी हाम्रो बस भन्दा टाढा हुन्छ । त्यसैले अरुको शरिरमा जुम्र देख्नेहरुले आफ्नो आङमा भैसी देख्दैनौ यहि हाम्रो यथार्थता हो ।
विगत भुत पनि हो त्यसैले हामीलााा इखराब विगतले अर्थात भुतले तर्साउछ । त्यहि भुतले आज धेरैलाइ तर्साउछ । आज पत्रकार रबि लामिछानेलाइ पनि तर्साएको छ । उसो त म प्राय जसो सत्य चिज मै बोल्न मन पार्छु । देखेको कुरा प्याक्क बोलिहाल्ने मेरो सानै देखिको बानी हो । जब हामी स्पष्ट सँग बोल्न सक्दैनौ तब हामी आफैमा प्रश्न र विरोधाभाषको विचमा रोमलीनुपर्छ । मान्छे आफैभित्र अल्झियो भने बाहिरी बाटा र  यात्रा तय गर्न अझै कठिन हुन्छ । नेपाली पत्रकारिता क्षेत्रमा थोरधेरै सँलग्न हुँदै आएको छु । पछिल्लो चरणमा देशले सँचार क्षेत्रमा ठुलो फड्को मारेको छ ।तर पत्रकारितामा निश्पक्षता र स्वतन्त्रताको अभाव खड्किदै आयो । देश नै गन्जागोलमा परेपछि पत्रकारिता क्षेत्रपनि त्यसैअनुरुप रोमिलिनु स्वभाविक हो ।
राजनैतिक दलदलमा फसिरहेका अधिकाँस पत्रकार र पत्रपत्रिकाहरुको विभाजनले निश्पक्ष र स्वतन्त्र समाचारमाथी प्रश्न खडा भए । तर केहि मात्र पत्रकार छन् ,जसले लामो समयदेखि आफ्नो पत्रकारितको धर्मलाइ मर्न दिएका छैनन् । बरु मर्न तयार भएका छन् ।आफ्नो सत्यता र पत्रकारिताको इमान्दारितालाइ उनिहरुले मर्न दिएका छैनन् ।
पत्रकारिताको लहरमा अमेरिकाबाट फर्केका रवि लामिछानेले एउटा छुट्टै तहल्का मच्चाए ।उनले जवाफ देहिता सहितको पत्रकारिता सुरु गरेका थिए । कताकता उनलाइ कानुन हातमा लिएर अदालत बन्न खोजेको भन्ने आरोप पनि लाग्यो । तर उनले गरेको काममा नागरिकले साथ दिएपछि अरुले जति विरोध गरेपनि उनी गलत रहेनन् भन्ने पुष्टि भयो । उनी औधी रुचाइए ।उनी अहिले सेलिब्रेटि नै बने । मुलत उनको पत्रकारिताले दिनदुखीकाेे पक्ष ,गुण्डागर्दि, भ्रष्टचारी,दलालीहरुलाइ बढि प्रहार गर्दै अघि बढिरह्यो ।
न्याय प्रशासन , प्रहरी लगायत देशमा न्यायलय नै कमजोर बनिरहेको अवस्थामाा, नागरिकको पक्षमा आवाज उठाएर उनेले सिँगो देश तथा विदेशमा रहेका नेपालीको वाहवाही पाए । उनले एक बर्षको अन्तरालमा धेरै मुद्धा उठाए जसले गलत गर्नेलाइ सजग हुन बाध्य बनायाे । कतिपयले कारबाहि समेत भोग्नु प¥यो ।

यिनै पत्रकार रवि लामिछाने गलत गर्ने दलाल, घुसखोरी कामचोरहरुको आँखाका निशाना बनेका छन् । उनलाइ विभिन्न मुद्धा र विषय उठाएर ठेगान लगाउन उद्धित मान्छेहरुले  विभिन्न मसलाको खोजी गर्दै आएका थिए । मुलत उनको व्यक्तिगत मुद्धा र विगतका कमजोरी कोट्याएर उनलाइ कमजोर र असफल पार्न ति मान्छेहरु उद्धित देखिदै आएका छन् । देशभक्ति, रास्टवादी , मुल्य मान्यतलाइ उठाउँदै गलत गर्नेलाइ कठघरमा उभ्याउदै नंग्याउने रवि प्रति चिढिएकाहरु उनको कमजोरी खोज्दै थिए । उनलाइ विदेशी पासपोर्टधारी व्यक्ति भन्दै मिडियामा ल्याएपछि उनले अमेरिकी पासपोर्ट त्याग गरि नेपाली पासपोर्ट लिएका थिए ।
त्यसपछि अहिले उनको करियर मै धक्का दिने गरि उनको व्यक्तिगत र बैबाहिक सम्बन्धले चर्चा पाएको छ ।
सफल व्यक्ति असफल बैबाहिक सम्बन्ध
मान्छे परिस्थितीको दाषी हुन्छ । समय र परिस्थितीले मान्छेलाइ जस्तो पनि बनाउछ । मान्छेलाइ परिस्थिती, तत्कालिन ठाउँको कानुन,व्यवहार र सस्कृतिले पनि ठुलो प्रभाव पार्छ । रवि धेरै कुरामा सफल भए तर बैबाहिक सम्बन्धमा चाहि असफल भएकै हुन्् । नेपालमा धेरै जना व्यक्ति छन् आफ्नो कार्यमा सफल अनि बैबाहिक सम्बन्धमा असफल । मान्छे सधै एकजना सँगै बस्न सक्दैन,सबैसँग सबै कुरा मिल्छन भन्ने पनि छैन त्यसैले सम्बन्ध जोडिन्छ अनि तोडिन्छ । तर जो अगुवा उहि हगुवा भने झै उनले अरुलाइ सिकाउने तर आफै सम्बन्ध जोड्दै र तोड्दै हिड्नु चाहि उनको स्वाभिमानलाइ ठेस दिने कारक चाहि बन्नु स्वभाविक हो तर उनको स्वाभिमानको धरहरा पुर्ण रुपमा ढलेको छैन । हिजो रत्नाकार डाँकु बाल्किमी बन्न सकेको कथन हामीले पढेका थियौ । उनले विगतमा गरेका गल्तिलाइ प्राश्चित गर्दै आफ्नो बाकि दिनहरु राम्रा कामका लागि लगाउछन भने उनलाइ यहि कारणले ध्वस्त पार्न खोज्नु चाहि तुष बाहेक केहि होइन । हाम्रँो देशमा कानुन छ।  उनी गलत भए कारबाहि गर्नुपर्ने घटना भए कानुनले कारबाहि गर्ला । तर उनी यतिखेर नागरिकको मनको अदालतमा उभिएका छन् । उनी सहि हुन् या गलत भन्ने उनले अबको दिनदेखि पुष्टि गर्नुपर्छ । मान्छेले परिस्थितीमा जेपनि गर्नसक्छ तर हरेक समस्यालाइ पार लगाउदै सहज अवतरण गर्नसक्नुपर्छ । यतिखेर रविको सहि अवतरण हुनु जरुरी छ । भलै हिजो उनलाइ भगवान ठान्नेले कम विश्वास गर्लान तर उनले आफ्नो कामले खराब विगतलाइ सहि रिजल्ट दिन सकेभने उनीप्रतिको विश्वास फेरि चुलिने छ ।
रवि र उनको बैबाहिक सम्बन्धलाइ लिएर अहिले जोडतोडले   उठाउनुुु ,उनी अहिले चर्चामा छन्,उनले धेरैलाइ कानुन,सिस्टमको पाठ सिकाइरहेका छन् अनि गलत गर्नेलाइ हकार्छन । गलत गर्नेलाइ नराम्रोसँग नँग्याउँछ । उनीसँग चिढिएका हरुले यत्तिको नौरो पाएपछि २५ हात नै उफ्रिर विरोध गर्ने नै भए ।
खराब विगतले पोतिदै सुन्दर भविष्य
बैबाहिक जीवन र उनका विगतका घटना यतिखेर धरातलमा आएका छन् । उनी अहिले जति वाहवाहि छन् यो घटना बाहिर आएपछि उनलाइ पनि उहि बारीको मुला भन्नेहरु जुर्मुराएका छन् । उनले विगतमा गरेका केहि गलत कदमले उनको सुन्दर भविष्यमा केहि धब्बा पोतेको महसुस गर्न सकिन्छ । तर अमेरिकी कानुनका आँखामा कसैसँग सम्बन्ध राख्नु र तोड्नु सामान्य हून्छ । घरमा बुढि हुँदा हुँदै बाहिर सम्बन्ध राखेर बच्चा पाउनु नेपाली परम्परा र नेपाली कानुनका आखाँले निकै गलत हुन्छ । यहि मामलामा उनको गल्ति छ । उनको कारण पुर्व श्रीमतीलाइ पनि कठिन अवस्था भएको भन्ने  कुरा बाहिर आएका छन् । तर उनले आफ्ना छोरि र श्रीमतीको लालानपालन र शिक्षाका लागि पुर्ण भुमिका निर्वाह गरेका छन् । तै पनि उनलाइ यहि खराब विगतले सुन्दर भविष्यतिर लम्कन बाधा उत्पन्न गर्ने छ ।
अब उनले विगतमा गरेको गल्ति कमजोरीलाइ स्वीकार्दै उनले विगतमा अन्य गलत काम दोहोर्याएनन् भने  अहिलको उनको अभियान सफल बन्छ । पत्रकारितालाइ माध्यम बनाएर कमाउ धन्दा गरेका छन् भन्ने पनि छ, तर आधिकारीक प्रमाणविना अरुलाइ आरोप लगाउनु गलत हुन्छ । रवि विगतको तितो अनुभवलाइ पाठ सिक्दै देश र नागरिकको पक्षमा समर्पित हुन सकनु । विरोध गर्ने त चन्द्रमामा पनि दाग देख्छन् ।

२४ पुष २०७५, मंगलवार २०:५५ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »