logo

कांग्रेसको प्रदेश संरचना पनि केन्द्रकै ढाँचामा

संबाददाता

Loading…

पुस २६, २०७५
काठमाडौं– कांग्रेसको प्रदेश संरचना पनि केन्द्रकै ढाँचाअनुसार बन्ने भएको छ । हालै सम्पन्न महासमिति बैठकबाट पारित विधानअनुसार प्रदेशमा प्रदेश कार्यसमिति, प्रदेश अधिवेशन, प्रदेश सम्मेलन, विभाग, कार्यसम्पादन समिति, संसदीय समितिलगायत संरचना हुनेछन्। तर अधिकारका हिसाबले प्रदेशलाई खुम्च्याइएको छ ।

महानगरका प्रमुख, उपप्रमुखदेखि प्रदेश र संघीय संसद्का उम्मेदवार चयन गर्ने अधिकार केन्द्रलाई दिइएको छ । प्रदेशलाई नगरपालिका र उपमहानगरको प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखको उम्मेदवार मात्र चयन गर्ने अधिकार छ । त्यसभन्दा तल स्थानीय तहका उम्मेदवार चयन गर्ने अधिकार जिल्ला र क्षेत्रीय कार्यसमितिलाई दिइएको छ । उम्मेदवारको निर्णय लिन केन्द्रका अतिरिक्त प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा संसदीय समितिको संरचना छ ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

प्रदेश कार्यसमितिमा सभापतिसहित ९ पदाधिकारी रहनेछन्। सभापति, दुई उपसभापति, दुई महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनेछन्। सभापतिले निर्वाचित सदस्यबाट एक जना कोषाध्यक्ष मनोनयन गर्ने व्यवस्था छ ।

केन्द्रमा पनि कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाटै निर्वाचित हुनुपर्छ । कार्यसमितिको संख्या भने प्रदेशपिच्छे जनसंख्याका आधारमा तलमाथि हुन सक्छ । प्रदेशमा पनि कुल कार्यसमितिको ४० प्रतिशत समावेशी हुनेछ । महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नै हुनेछ ।

संविधानले निर्धारण गरेको सात जातीय क्लस्टर र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने व्यवस्था प्रदेशमा पनि कायम छ । केन्द्रमा जस्तै प्रदेश कार्यसमितिका सभापतिले कुल संख्याको २० प्रतिशत सदस्य मनोनयन गर्न पाउनेछन् ।, कान्तिपुरमा खबर छ ।

२६ पुष २०७५, बिहीबार १०:०१ मा प्रकाशित

समाचार

अध्यक्ष दाहाल अस्वस्थ,,

मंगलबार, ८ माघ काठमाडौं, माघ ८ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल...... पूरा पढ्नुहोस् »

दोलखाको लामोसॉघु जिरी सडकस्थित २७ सय मिटर अग्लो खरिढुङ्गामा हिमपात सुरु,,

माघ ९, दोलखा दोलखाको उच्च स्थानमा आज बिहानदेखि हिमपात भइरहेको छ । यो वर्षको सबैभन्दा ठूलो...... पूरा पढ्नुहोस् »

सामुदायिक भवनमा रक्सी भट्टी, स्थानीय सरकार नै लाचार,,

माघ ८,रामेछाप रामेछाप जिल्लाको सुनापतिमा स्वास्थ्य संस्थाकै आँगनमा भट्टी सञ्चालन हुँदा...... पूरा पढ्नुहोस् »

ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दियो ,,

अनिता थापा मगर ८ मंसिर, रामेछाप । रामेछापको सुनापति गाउँपालिकाले ३ दिन सार्वजनिक दिने भएको छ...... पूरा पढ्नुहोस् »

डेनमार्कमा मनाइयो तमु ल्होसार

कोपनहेगन, २१ जनवरी ।  ल्होसारको अबसरमा डेनमार्कमा रहेका तमुहरु भेला भएर भब्य रुपमा मनाएका...... पूरा पढ्नुहोस् »

सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी ,,

  माघ ७ रामेछाप रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको...... पूरा पढ्नुहोस् »

“लामकि नलाम पिरती”गायक भिम पौडेल अन्योलमा परे।

दबङ आशिष:-नेपाली लोक गित क्षेत्रमा भविस्य खोज्दै दत्तचित्त भएर अगाडि बढीरहेका गायक भिम...... पूरा पढ्नुहोस् »

बधाई !रबि लामिछाने र निकिता पौडेलले गरे कोट म्यारिज,,

माग ७ चर्चित पत्रकार रबि लामिछानेले बिबाह गरेका छन । पहिलेको श्रीमती संगै डिर्भोस भए सगै...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा भएको बस दुर्घटनामा : मृत्यु हुनेको संङख्या २ पुग्यो,,

अनिता थापा मगर ६ माघ, रामेछाप । रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संङख्या २ पुगेको...... पूरा पढ्नुहोस् »

रामेछापको मच्छेडाँडीमा बस दुर्घटना १ को मृत्यु २५ घाइते ,,

अनिता थापा मगर माग ६, रामेछाप रामेछापमा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । रामेछापको...... पूरा पढ्नुहोस् »